News Portal

  • नेपाल ईन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास

    आर्थीकसंसार संवाददाता७ जेठ, २०७९
    ८७३ पटक
    ७ जेठ, २०७९

    काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनीको  नयाँ कर्पोरेट भवनको शिलान्यास भएकाे छ । कम्पनीकाे कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गईरहेको नयाँ कर्पोरेट भवनको शुक्रबार शिलान्यास भएकाे हाे ।
    बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्त रुपमा उक्त भवनकाे शिलन्यास गरे ।
    विगत ७५ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आएकाे यस कम्पनीले ५९ वटा शाखा/उपशाखा/सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकाे छ ।

     

    प्रतिकृया दिनुहोस्