News Portal

  • इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा लखपति बन्ने मौका

    आर्थीकसंसार संवाददाता६ जेठ, २०७९
    ७०३ पटक
    ६ जेठ, २०७९

    काठमाडौं । इसेवाले बीमा शुल्क भुक्तानी गर्दा बीमितहरुलाई आकर्षित गर्ने योजना ल्याएको छ । इसेवाले ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्वजनिक गरेको हो । बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले योजना सार्वजनिक गरिएको इसेवाले उल्लेख गरेको छ ।
    भदौ ५ गतेसम्म संचालन हुने यस योजनामा इसेवाबाट कुनै पनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एकजनाले एक लाख रुपैयाँ उपहार पाउने छ ।
    यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० रुपैयाँ हजार नगद उपहार पाउने छन् । यसैगरी योजना संचालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरुमध्येबाट हरेक दिन एकजनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ दिने छ ।
    यो योजना नेपालमा रहेका सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुने कम्पनीले जनाएको छ। इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्