News Portal

  • नेपाल इन्स्योरेन्सले कमायो १७ करोड ९४ लाख नाफा

    आर्थीकसंसार संवाददाता२९ वैशाख, २०७९
    ९१४ पटक
    २९ वैशाख, २०७९

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६० करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दशमलव ३४ प्रतिशतले बढी हो ।
    १ अर्ब २४ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४३ करोड १३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष बढेको छ । कम्पनीको बीमा कोषमा ६५ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
    त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १७ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य घटेको छ ।
    चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १५ करोड २४ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
    यस अवधिमा प्रति शेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८७ रुपैयाँ ४७ पैसा रहेको छ । पिइ अनुपात २७।११ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्