News Portal

  • मुक्तिनाथको क्रमिक बचत खाता खोल्दा मुद्दती बराबरको ब्याज

    आर्थीकसंसार संवाददाता४ वैशाख, २०७९
    २१३ पटक
    ४ वैशाख, २०७९

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको क्रमिक बचत खाता खोल्दा ग्राहकले मुद्दतीमा पाइने बराबरको ब्याज पाउने भएका छन् ।
    बैंकका अनुसार मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषता समेटिएको हो । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम , न्यूनतम एक वर्षदेखि १० वर्षसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
    साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन: सोही खातामा नै जम्मा हुने र सो रकमको समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने बैंकले जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहने ग्राहकहरूलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

     

    प्रतिकृया दिनुहोस्