News Portal

  • मञ्जुश्री फाइनान्सद्वारा विद्यालयलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग

    आर्थीकसंसार संवाददाता२४ असार, २०८२
    १४ पटक
    २४ असार, २०८२

    काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो ईटहरी शाखा मार्फत लक्ष्मी माध्यमिक विद्यालय, ईटहरी ०७ बज्रालाई विभिन्न शैक्षिक तथा आवश्यकताका सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको छ । कम्पनीले २० थान पंखा, १३ थान डस्ट्बिन, १० थान बाल्टिन, ८ कार्टून स्यानिटरी प्याड, १ थान वाटर डिस्पेंसरका साथै १ थान कलर प्रिन्टर तथा स्क्यानर गरि करीब १ लाख ३० हजार बराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो ।

    प्राथमिक तह देखि माध्यमिक तह सम्मका विद्यार्थीहरुलाई शिक्षा दिँदै आइरहेको यस विद्यालयमा करिब साढे तीन सय अध्यनरत छन् । समाजको सेवामा सदैब तत्पर मञ्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत सहयोग पुर्याउदै आइरहेको छ ।

    कम्पनीले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ । हालसम्मको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउँदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्