News Portal

  • सिटिजन लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७८
    ३९७ पटक
    १२ चैत्र, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले छायांदेबि कम्प्लेक्समा सभा सम्पन्न गरेको जनाएको छ ।
    सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गरी पारित गरेको छ । सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।
    सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।
    त्यस्तै, कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समावेश गर्नको लागि सञ्चालक समितिको अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामानजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना कोषमा कम्पनीको तर्फबाट गरिएको आर्थिक सहायता वापतको ७ लाख ५० हजार रुपैयाँ अनुमोदनको लागि पेश गरी सभामा मार्फत पारित भएको छ ।

    प्रतिकृया दिनुहोस्