News Portal

  • कामना सेवा बैंक र अल पसल पब्लिकबीच सम्झौता

    आर्थीकसंसार संवाददाता
    ७१७ पटक

    काठमाडौं । कामना सेवाविकास बैंक र अल पसल पब्लिकबीच सम्झौता भएको छ । आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आयआर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
    समझदारी पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसल पब्लिक लि.को तर्फबाट अध्यक्ष झविन्द्र पन्थीले बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।
    उक्त सम्झौतापछि बैंकले नेपाल राष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रही अल पसल पब्लिकमा आबद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने प्रमुख लक्ष्य रहेको सीईओ बस्नेतले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्