News Portal

  • क्रिकेटको मुख्य प्रशिक्षकको लागि आवेदन माग

    आर्थिकसंसार संवाददाता१८ भदौ, २०७७
    १०७७ पटक
    १८ भदौ, २०७७

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको छ ।
    क्यानले सूचनामार्फत राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात प्रदेशको लागि सात प्रशिक्षक र तीनवटा अन्य पदको लागि आवेदन माग गरेको छ । यसअघि मुख्य प्रशिक्षकको पदमा उमेश पटवाल रहेका थिए । पटवालले राजीनामा दिएका थिए । पटवालको राजीनामा दिएपछि लामो समयदेखि मुख्य प्रशिक्षकको पद खाली रहेको छ । खाली पदपूर्तिको लागि क्यानले मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको हो ।

    प्रतिकृया दिनुहोस्