News Portal

  • जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ्ग कन्फेरेन्स २०७८ सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७८
    ७९८ पटक
    २३ फागुन, २०७८

    काठमाडौं । जनरल इन्स्योरेन्सको मिति २०७८ फागुन १९,२० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा पोखरा प्रालिमा देशैभरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरु समुपस्थितिमा सभ्य–भब्य अर्धवार्षिक मार्केटिङ्ग कन्फेरेन्स २०७८ सुसम्पन्न भयो । यस कार्यक्रममा शाखा कार्यालयहरुको विगत वर्षहरुको समीक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी वर्षका रणनीतिक योजनाहरु पनि छलफल भयो । उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गर्नुभएको थियो । पोखरा शाखा प्रमुख शिवप्रसाद देवकोटाले स्वागत गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले अध्यक्षता ग्रहण गर्नुभयो भने संचालकद्वय ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यतामा तीन दिनसम्म सभा संचालन गरिएको थियो ।


    उक्त कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मानसहित ताम्र पत्र प्रदान गरेको थियो । संचालक ज्ञानेश्वर आचार्यले कार्यक्रम राम्रो भएको, शाखा कार्यालयहरुको समीक्षा सकेसम्म त्रैमासिक अवधिमा कार्य समीक्षा समयसापेक्ष हुने र योजना पनि यथार्थपरक हुने बिषयमा जोड दिनु भयो । बजारमा गरिएका अनावश्यक हल्लाहरुको पछि नलाग्न र दत्तचित्त भई कम्पनीको योजना र उद्देश्यमा अघि बढ्नका लागि हौसला प्रदान गर्नु भयो । र, अन्तमा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत शाखा तथा कर्मचारीहरुलाई बधाई दिँदै सम्पूर्ण शाखाका कर्मचारीहरुलाई उच्च मनोबल राखी, हल्लाको पछि नलागी, अनुशासित रुपले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो र कम्पनीको लक्ष्यमा पुग्नको लागि अहोरात्र खट्न पनि अनुरोध गर्नु भयो ।

    प्रतिकृया दिनुहोस्