News Portal

  • थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७८
    ७३७ पटक
    ३ फागुन, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ११ हजार ८९८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३५ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्