News Portal

  • थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७८
    ७०४ पटक
    २६ माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०६ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ७७७ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख २८ हजार ३६९ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्