News Portal

  • थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७८
    ९०२ पटक
    १४ माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४३२ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्