News Portal

  • थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
    ६८५ पटक
    १३ माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ३७ हजार ०० पुगेको छ ।
    त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्