News Portal

  • थप ८ हजार ४ सय ५४ जनामा कोरोना सक्रमण पुष्टि

    ४ हजार ४३३ संक्रमणमुक्त

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    ९०५ पटक
    १२ माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।
    उक्त संख्यामा नयाँ संक्रमित सँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
    मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस्