News Portal

  • नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लञ्च

    आर्थीकसंसार संवाददाता९ पुष, २०७८
    ६२१ पटक
    ९ पुष, २०७८

    काठमाडौं । नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । आज आयोजित एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ ।
    इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो । यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युल इन्जेक्सनसहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ, जसले ७५०० आरपीएममा ८.५ पीएसको पावर र ६००० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ ।
    यसमा ड्युअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १९० एमएम डिस्क ब्रेकिङ सिस्टमसहितको फ्रन्ट सस्पेन्सन छ भने टेलिस्कोपिक आयल ड्याम्पन्ड क्वाइल स्प्रिङसहितको रियर सस्पेन्सन छ । यसमा १२ इन्च आल्मुनियम अलोय रिममा १००/९०–१२ र ११०/९०–१२ ट्युबलेस टायर छ ।
    यो स्कुटरमा १२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, ड्युअल पिस्टन क्यालिपर सहितको फ्रन्ट डिस्क ब्रेक, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलईडी लाइट सेटलगायतका विभिन्न प्रिमियम फिचर उपलब्ध छन् ।
    यसमा मुनलाइट रिफ्लेक्सनसहितको डिजिटल ड्यासबोर्ड र एनालग ओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ । यसमा विभिन्न जानकारी सहज तरिकाले पाउन सकिन्छ ।
    प्यानेरिया १२५ ईएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र येल्लो गरी विभिन्न चार कलरमा उपलब्ध छ भने यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
    बेनेलीले सन् १९७० पश्चात पहिलो पटक यस प्रकारको रेट्रो स्कुटर बजारमा ल्याएको र नेपालमा समेत भित्रिएको हो । सन् १९११ मा इटालीको पेसारोमा टेरेसा बोनी बेनेली परिवारले यो कम्पनीको स्थापना गरेको थियो । त्यस यता सबै राइडरलाई लक्ष्यित गरी विभिन्न सेगमेन्टका मोटरसाइकल र स्कुटर कम्पनीले उपलब्ध गराइरहेको छ ।
    नेपाली बजारमा केटीएम इन्टरनेसनलले बेनेली ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्