News Portal

  • अर्बपति ब्यापारी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०७७
    ६४३ पटक
    १२ भदौ, २०७७

    काठमाडौं । फोब्स पत्रिको सबैभन्दा अर्बपति सूचिमा सूचिकृत नेपालका एक मात्र अर्बपति व्यापारी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै कोरोना भाइरस पोजेटिभ भएको पुष्टि गरेका हुन् ।
    उनले सामाजिक सञ्जालमा लेखेका छन्, मेरो शुभचिन्तकहरु, आज विहान कोरोना भाइरस परिक्षणको क्रममा मलाई पोजेटिभ देखिएको छ, भगवानको कृपाले मलाई कुनै संकेत देखाएको छैन । चिकित्सकको सल्लाहमा म आईशोलेशनमा बसेको छु । मेरो सम्पर्कमा आउनु भएका सबैले कन्ट्याक ट्रेसिङमा सहयोग गर्नुहोला ।’

    प्रतिकृया दिनुहोस्