News Portal

  • गुराँस लाइफले डाक्यो साधारणसभा

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०७८
    ८३४ पटक
    ११ कार्तिक, २०७८

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी मंसिर १० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आफ्नो ११औं साधारणसभा बोलाएको हो ।
    सभाले सेयरधनीलाई कूल ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.५००६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
    त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले कार्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै कार्तिक २२ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

    प्रतिकृया दिनुहोस्