News Portal

  • सामलिङ्ग पावर कम्पनीको आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि छुट्याइएको साधारण शेयरको बाँडफाँड

    आर्थीकसंसार संवाददाता२० असोज, २०७८
    ६७५ पटक
    २० असोज, २०७८

    काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि निष्काशन गरेको साधारण शेयर मिति २०७८ असोज २० गते बुधबार बाँडफाँड गरिएको छ । कम्पनीले २०७८ भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावितस्थानीयको लागि निष्काशन गरेको साधारण शेयरहरु बुधबार बाँडफाँड गरेको हो ।
    आयोजना अति प्रभावित समूहका लागि छुट्याइएको शेयरका लागि ३२५५ योग्य आवेदनहरु परेको थियो । आयोजना अति प्रभावित समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् ।
    आयोजना प्रभावित समूहका लागि छुट्याइएको शेयरका लागि १७७८९ योग्य आवेदनहरु परेको थियो । आयोजना प्रभावित समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन् ।
    कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँड गरेसँगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि साधारण शेयर निष्काशन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ ।
    कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको कम्पनीले जनाएको छ ।
    साधारण शेयरको बाँडफाँड

    प्रतिकृया दिनुहोस्