News Portal

  • सिटिजन्स बैंकको अगुवाइमा चार वटा बैंकले माथिल्लो आँखुखोलामा लगानी गर्ने

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७८
    २१०७ पटक
    १३ असोज, २०७८

    काठमाडौं । धादिङको माथिल्लो आँखुखोला जलविद्युतमा आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा ४ वटा बैंकले साढे ५ अर्ब लगानी गर्ने भएका छन् ।
    सिटिजन्स बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल, र सिभिल बैँकले उक्त आयोजनामा साढे ५ अर्ब लगानी गर्न लागेको हो ।
    मंगलबार ५ वटा बैंकबीच सो आयोजनाको वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ । परियोजनाको अनुमानित लागत करीब ७ अर्ब ३३ करोडमा बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ र २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।
    आयोजना आगामी चार वर्षभित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिने बताइएको छ । आयोजनाले यसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानुनी प्रक्रियामा पुरा गरिसकेको छ र हाल आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पननीले जनाएको छ ।
    निर्माण सम्पन्नपश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामास्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६ हजार ७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ ।

    प्रतिकृया दिनुहोस्