News Portal

  • कृषि विकास बैंकले कृषकलाई सहुलियत पूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता६ असोज, २०७८
    १६५८ पटक
    ६ असोज, २०७८

    काठमाडौं । कृषि विकास बैंकले लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा चिनिने पूर्वी रुकुमको शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले यो क्षेत्र कृषिको लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यवासायीक कृषितिर लाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् । साथै, उनले उक्त क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तोसुकै परिस्थितिमा पनि कृषि विकास बैंक सहकार्य गर्न तयार रहेको बताए ।
    त्यसैगरी, बैंकका उपमहाप्रबन्धक प्रताव सुवेदीले जतिसक्दो उत्पादन मुलक व्यवसायमा जोडीने कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसँग आवद्ध गराई लैजाने बताए ।
    कार्यक्रममा सर्वसाधारण स्थानीय जनताको तर्फबाट सम्बोधन गर्दै बलबहादुर शाहीले लामो समयकोे प्रतिक्षापश्चात पूर्वी रुकुमवासी जनताले सरकारी बैंकमार्फत बैंकिङ कारोबार गर्न पाउँदा कृषि विकास बैंकको व्यवस्थापनलाई धन्यवाद दिएका छन् ।
    हाल यस क्षेत्रका करिब ५०० भन्दा वढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्