News Portal

  • प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको शपथ ग्रहण

    आर्थीकसंसार संवाददाता२३ जेठ, २०७८
    ६०२ पटक
    २३ जेठ, २०७८

    काठमाडौं । प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (जेठ २३ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।
    अध्यक्ष क्षेष्ठले अर्को कार्यकालको लागि निरन्तरता पाएका हुन् । गत जेठ १४ गते बसेको बैंक संचालक समितिको बैठकले संचालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई नै संचालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।
    उक्त समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, निर्देशक एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्