News Portal

  • प्रभु क्यापिटलको कोभिड–१९ को रोकथाममा सहयोग

    आर्थीकसंसार संवाददाता१३ जेठ, २०७८
    ३७४ पटक
    १३ जेठ, २०७८

    काठमाडौं । प्रभु क्यापिटलले कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । क्यापिटलले संस्थागत उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
    कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । कम्पनीले पुनः प्रयोग गर्न मिल्ने मास्क १५० थान, साबुन १५० थान, स्यानिटाइजर (१०० मिलिलिटर) १५० थान, पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड १५० थान, आकस्मिक खाद्य सामग्री १५० थान, पारासिटामोल १५० थान वितरण गरेको छ ।
    समविकास नेपालले यी स्वास्थ्य सामग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड–१९ का विरामीहरुलाई वितरण गर्नेछ ।

    प्रतिकृया दिनुहोस्