News Portal

  • बेष्ट फाइनान्सको साधारणसभा स्थगित

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७८
    ४३० पटक
    १९ वैशाख, २०७८

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको आगामी वार्षिक साधारणसभा स्थगित भएको छ । अगामी बैशाख ३१ गते बस्ने भनिएको संस्थाको २४औं वार्षिक साधारणसभा स्थगित भएको हो ।
    बैंशाख १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बैशाख ३१ गतेको सभा स्थगित गर्ने निर्णय गरेको हो ।
    बैठकले कोभिड–१९ को नयाँ संक्रमणको कारण नेपाल सरकारबाट निषेधाज्ञा जारी गरेको अवस्था र यो विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त सभा स्थगित गरेको जनाएको छ । साथै, अर्काे निर्णय र सूचना प्रकाशित नभएसम्मको लागि बैशाख ३१ गते काठमाडौंको कमलादीमा हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको संस्थाले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्