News Portal

  • नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए फुली

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०८३
    १४ पटक
    १८ कार्तिक, २०८३

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षकलाई गृहमन्त्रीले दज्र्यानी चिह्न लगाइदिएका छन् । बुधबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दज्र्यानी चिह्न लगाइदिएका हुन् । यसअघि गृहसचिवले दज्र्यानी चिह्न लगाउने गरेका थिए ।

    सरकारले आजै केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को आकस्मिक बैठकले दानबहादुर कार्कीलाई हटाएर केसीलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्