News Portal

  • मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०८३
    १२ पटक
    १८ कार्तिक, २०८३

    काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।

    बुधबार (आज) बसेको मन्त्रिपरिषद बैठकले केसीलाई आईजीपी  नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसी आईजीपी बनेका हुन् । उनी अपराध अनुसन्धान विभागकाे प्रमुखकाे रूपमा कार्यरत थिए ।

    हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

    प्रतिकृया दिनुहोस्