News Portal

  • क-कसले जिते सरकारको लाख उपहार ?

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०८३
    १३ पटक
    १ कार्तिक, २०८३

    काठमाडौं । सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज दोस्रो पाक्षिकका १६ जना दैनिक विजेता र एक जना बम्पर विजेता घोषणा भएका छन् । असोज १६ देखि ३१ गतेसम्मको अवधिका लागि छनोट भएका विजेतामध्ये एक जनाले १० लाख रुपैयाँ र अन्य १६ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँको उपहार जितेका छन् ।

    काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत विजेता कुपन छनोट गरी उपहार विजेताको घोषणा गरेका हुन् ।

    कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहारका लागि कुपन नम्बर ८८०८१६३२५१५८४९८८ छनोट भएको छ । उक्त कुपनका धारक बम्पर उपहारका विजेता बनेका छन् ।

    यी हुन् उपहारका लागि छनोट भएका कुपन नम्बर 

    – ०८८७९०१७०
    – ०९३८९८३१४८६८
    – ०८०१६२९७६९३४
    – ०८२८०८९७६३७२
    – ०८७६५१६९००५३
    – ०८९६९१८५५६७०
    – ०८१६०२३५५६४४
    – ०९०५७४८२३८५०
    – ०७८२२४८५८६८८
    – ०८६६२३०९९५१५
    – ०९२१५६३४५१४२
    – ०८५२९९४४०३१२
    – ०८९८६५३१०७२९
    – ०८४०८६००४००१
    – ०९१०१५६२६२४९
    – ०८३६८९६७६१५३

    यी कुपनका धारकले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँको उपहार प्राप्त गर्नेछन् । उपहार प्राप्त गर्न विजेताले सम्बन्धित निकायले तोकेको प्रक्रिया पूरा गर्नुपर्नेछ ।

    आन्तरिक राजस्व विभागले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गराउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    बिल बिजक अर्थात् भ्याट बिल लिने–दिने संस्कृतिलाई प्रोत्साहन गर्नु र आर्थिक कारोबारलाई पारदर्शी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।

    कार्यक्रममा एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्छन् । खरिदको बिल वा योग्य कारोबारमार्फत उपहार कार्यक्रममा सहभागी हुने उपभोक्ताले भाग्यशाली छनोटमा परे नगद पुरस्कार प्राप्त गर्ने अवसर पाउँछन् ।

    बिल लिने बानीले उपभोक्ताको खरिद कारोबारको प्रमाण सुरक्षित राख्नुका साथै व्यवसायीलाई पनि कारोबारको अभिलेख व्यवस्थित गर्न प्रोत्साहित गर्छ । यसबाट कर प्रणालीलाई पारदर्शी बनाउने र कर छली नियन्त्रणमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

    प्रतिकृया दिनुहोस्