News Portal

  • भेस्पाले नेपाली बजारमा ल्यायो नयाँ १५० सीसी स्कुटर

    आर्थीकसंसार संवाददाता२७ असोज, २०८३
    १५ पटक
    २७ असोज, २०८३

    काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सीसी स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो ।

    काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ स्कुटर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा भेस्पाको मौलिक इटालियन डिजाइनसँगै थप शक्तिशाली राइडिङ अनुभवलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।

    भेस्पा आफ्नो विशिष्ट डिजाइन, आकर्षक बनावट र ऐतिहासिक विरासतका कारण विश्वभर परिचित छ । स्कुटरलाई यातायातको साधनमा मात्र सीमित नराखी व्यक्तिगत शैली र जीवनशैलीको प्रतीकका रूपमा स्थापित गरेको ब्रान्डले नयाँ १५० सीसी मोडलमार्फत नेपाली बजारमा आफ्नो विकल्प विस्तार गरेको हो ।

    डेल्टा अटोकर्पका निर्देशक केतन भिमसारियाले नयाँ स्कुटरमार्फत नेपाली ग्राहकलाई भेस्पाको कालजयी इटालियन डिजाइन कायम राख्दै थप शक्तिशाली राइडिङ अनुभव प्रदान गर्ने उद्देश्य रहेको बताए ।

    त्यस्तै, कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ मोडल सार्वजनिक हुनु कम्पनी र नेपाली भेस्पा ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार नयाँ स्कुटरमा इटालियन डिजाइनका साथै आधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमतामा जोड दिइएको छ ।

    नेपालको भौगोलिक बनावट र सहरी यात्रालाई ध्यानमा राखेर ल्याइएको नयाँ स्कुटरले ग्राहकलाई आकर्षक डिजाइनसँगै आराम र शक्तिको अनुभव प्रदान गर्ने कम्पनीको अपेक्षा छ ।

    डेल्टा अटोकर्पले नेपालभर विस्तार हुँदै गएको आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । नयाँ मोडलसँगै भेस्पाका स्कुटर छनोट गर्न चाहने नेपाली ग्राहकका लागि थप विकल्प उपलब्ध भएको कम्पनीको भनाइ छ ।

    नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीका विशेषता र उपलब्धताबारे थप जानकारी लिन ग्राहकले नेपालभर रहेका भेस्पाका आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्