News Portal

  • चोलेन्द्र शमशेरको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    आर्थीकसंसार संवाददाता२१ असोज, २०८३
    ३७ पटक
    २१ असोज, २०८३

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकट र नातेदारको घरमा छापा मारेको छ।

    बुधबार (आज) दिउँसो विभागको टोलीले उनीसहित उनका नातेदार र निकटको निवासमा छापा मारेको हो ।

    पूर्वप्रधानन्यायाधीश जबरा, दिपक तिमल्सिना, नारायण दाहाल र नवराज थपलियाकोा घरमा विभागले छापा मारेको हो ।

    त्यस्तै, जबराका भाइ प्रभु शमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको विभागले जनाएको छ ।

    राणालाई गत असोज १० गते राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित घरबाटै पक्राउ गरी १२ घण्टा प्रहरी हिरासतमा राखेर ११ गते छोडिएको थियो ।

    प्रहरीले चोलेन्द्रसँग निकट मानिएका इनाम सापकोटालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालसँग चाेलेन्द्रको कुराकानी भेटिएपछि  एआईजीलाई समेत प्रहरीले निलम्बनमा राखेको छ ।

    प्रतिकृया दिनुहोस्