News Portal

  • नेपालले २५औँ एआईआरडीसी सम्मेलन आयोजना गर्ने

    आर्थीकसंसार संवाददाता१४ असोज, २०८३
    २० पटक
    १४ असोज, २०८३

    काठमाडौं । नेपालले विकासोन्मुख देशहरुको बीमक तथा पुनर्बीमकहरुको संघ (एआईआरडीसी)को २५ औँ सम्मेलन आयोजना गर्ने भएको छ।

    जिम्बावेको हरारेमा २४ औँ एआईआरडीसी सम्मेलन भइरहेको छ। यो सम्मेलन सेप्टेम्बर २७–३० सम्म सञ्चालन हुँदैछ। सम्मेलनको नारा ‘भूराजनीतिक र प्राविधिक उथलपुथलका बीचमा विकासोन्मुख देशहरुका लागि बीमा क्षेत्रलाई सुदृढीकरण’ रहेको छ।

    हरेक दुई वर्षमा एआईआरडीसी सम्मेलन हुन्छ। सन् २०२८ सम्मेलनको आयोजक राष्ट्रका रुपमा नेपाल चयन भएको हो।

    सम्मेलनमा सहभागी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षत्रीका अनुसार २५औँ एआईआरडीसी सम्मेलन नेपाल आयोजना गर्ने जिम्मा पाएको छ। ‘हामीले जिम्बावेका आर्थिक विकास तथा लगानी प्रवर्द्धन उपमन्त्री डेभिड कुडाक्वाशे मनानगाग्वासमक्ष आधिकारिक प्रशंसापत्र प्रस्तुत गर्ने विशिष्ट सम्मान पाएका छौँ’, उनले आफ्नो फेसबुक पेजमा लेखका छन्।

    एआईआरडीसी नेपालसहित २८ सदस्य राष्ट्र छन्।

    प्रतिकृया दिनुहोस्