आर्थीकसंसार संवाददाता१३ असोज, २०८३
१३ असोज, २०८३काठमाडौं । कर्जा प्रवाहका क्रममा व्यवसायीहरूसँग ७४ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी दोषी ठहर भएका छन् ।
विशेष अदालतले सोमबार (असोज १२ गते) अधिकारीलाई दोषी ठहर गरेको हो ।
कर्जा प्रवाहमा तीन व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठमा अधिकारीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अधिकारीसँग सम्बन्धित ६ वटा छुट्टाछुट्टै मुद्दा दायर भएका थिए । .
विशेष अदालतका अनुसार छवटा मुद्दामध्ये दुईवटामा दोषी ठहर, दुईवटामा आंशिक ठहर र दुईवटामा सफाइको फैसला भएको छ ।
यसै मुद्दामा प्रतिवादी बनाइएका सुमित्राकुमारी घिमिरे र ईश्वरीप्रसाद गौतमले भने सफाइ पाएका छन् ।




