News Portal

  • राष्ट्रिय बीमा कम्पनीको सीईओको जिम्मेवारी हिक्मतबहादुर भण्डारीलाई

    आर्थीकसंसार संवाददाता६ असोज, २०८३
    ६१ पटक
    ६ असोज, २०८३

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी हिक्मतबहादुर भण्डारीलाई दिइएको छ ।

    कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको पत्र र अर्थमन्त्रीस्तरीय निर्णयअनुसार भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको हो ।

    यसअघि अर्थ मन्त्रालयले २०८३ भदौ १८ गते गरेको निर्णयका आधारमा उनलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गर्ने जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

    यस्तै, राष्ट्रिय बीमा कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको ५३१औँ बैठकले भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको छ ।

    कम्पनीले उक्त निर्णयबारे नेप्सेमार्फत औपचारिक जानकारी गराएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्