आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
१७ भदौ, २०८३काठमाडौं । बाढी तथा पहिरो प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ ।
यसैक्रममा भदौ १७ गते (बुधबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत विभिन्न २८ वटा व्यक्ति तथा संस्थाहरूले राहत कोषमा चेकमार्फत आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
बुधबार सङ्कलनका लागि प्राप्त भएका चेकहरूमा उल्लेखित कुल रकम १५ करोड २१ लाख ६२ हजार ४५ रुपैयाँ ९१ पैसा रहेको छ ।
विपद्को यस कठिन घडीमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्व वहन गर्दै निजी तथा संस्थागत क्षेत्रबाट राहत कोषमा स्वतःस्फूर्त रूपमा सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।
प्राप्त सहयोग रकमलाई पारदर्शी रूपमा प्रभावित क्षेत्रका पीडितहरूको राहत तथा पुनर्निर्माणमा उपयोग गरिने जनाइएको छ ।
