News Portal

  • नेपाल बैंकको सञ्चालक समितिमा पिताम्बर, देवराज र सुवाष नियुक्त

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०८३
    ३८ पटक
    १६ भदौ, २०८३

    काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा तीन जना नयाँ सदस्य नियुक्त भएका छन् ।

    बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशी सञ्चालक समितिमा नियुक्त भएका छन् ।

    यस्तै, सर्वसाधारण सेयरधनीअन्तर्गतको संगठित संस्था कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खड्का सञ्चालक समितिमा नियुक्त भएका छन् ।

    नयाँ सञ्चालक नियुक्त भएसँगै यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिको अध्यक्ष रहेका शोभाकान्त पौडेल र सञ्चालक अमृत लम्साल पदबाट बिदा भएका छन् ।

    त्यसैगरी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवन कुमार कट्वाल पनि सञ्चालक समितिबाट बिदा भएका छन् ।

    बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले भदौ १६ गते नेप्सेलाई पत्रमार्फत सञ्चालक समितिमा भएको हेरफेरबारे जानकारी गराएका हुन् ।

    प्रतिकृया दिनुहोस्