News Portal

  • नेपाल इन्स्योरेन्सले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०८३
    २६ पटक
    १५ भदौ, २०८३

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

    भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै कम्पनीले राहतस्वरूप आर्थिक सहयोग गरेको जनाएको छ ।

    बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई ध्यानमा राख्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

    त्यस्तै, घाइते तथा बाढीबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।

    प्रतिकृया दिनुहोस्