News Portal

  • बाढी प्रभावित क्षेत्रमा थप ७ स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०८३
    २२ पटक
    १४ भदौ, २०८३

    काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा मोबाइल सेवा सुचारु गरेको छ । यससँगै प्रभावित क्षेत्रमा अवरुद्ध भएका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका छन् ।

    नेपाल टेलिकमका अनुसार आज सञ्चालनमा आएका साइटमा रसुवाको नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी बीटीएस साइट रहेका छन् ।

    रसुवा बोर्डर बीटीएस सञ्चालनमा आएसँगै नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ ।

    त्यस्तै, अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ र आमाछोङदिमो गाउँपालिका–५ लगायतका क्षेत्रमा सेवा उपलब्ध हुनेछ ।

    छापथोके साइटबाट बेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा आएको टेलिकमले जनाएको छ ।

    जिपजिपे साइटबाट कालिका गाउँपालिका–२ र ५, धारापानी तथा देउरालीडाँडामा सेवा पुगेको छ ।

    गत्लाङ बीटीएस सञ्चालनमा आएसँगै गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलाभार्खु, शेर्पागाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम क्षेत्रमा मोबाइल सेवा उपलब्ध भएको छ ।

    यसैगरी, चारघरे तथा चारघरे मुलाबारी बीटीएस सञ्चालनमा आएपछि नुवाकोटको विदुर नगरपालिका–१२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ ।

    विपद्का कारण प्रभावित नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्