News Portal

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्यानले दियो ३० लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०८३
    ६० पटक
    १३ भदौ, २०८३

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    शनिबार विज्ञप्ति जारी गर्दै क्यानले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै प्रभावित परिवार र समुदायप्रति समवेदना प्रकट गर्दै उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि सधैं प्रतिबद्ध रहने जनाएको छ ।

    क्यानका अनुसार अस्ट्रेलियामा जारी टप इन्ड टी–२० प्रतियोगिताअन्तर्गत शनिबार नेपाल ‘ए’ र हैदराबाद किंग्समेन एकेडेमीबीचको खेल सुरु हुनुअघि दुवै टोलीका खेलाडीले नेपालमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै एक मिनेट मौनधारण गरेका थिए ।

    प्रतियोगिताका क्रममा बाढीपीडितको सहयोगका लागि ‘फन्ड राइजिङ’ अभियान पनि सञ्चालन भइरहेको क्यानले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्