आर्थीकसंसार संवाददाता११ भदौ, २०८३

११ भदौ, २०८३काठमाडौं । सानिमा बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि रु २ करोड २५ लाख सहयोग गर्ने भएको छ ।
बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत रु। २ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।
बुधबार भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट भएको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको बैंकले जनाएको छ ।
बैंकले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेको छ ।