News Portal

  • एभरेष्ट बैंकको लाभांश घोषण, बोनस र नगद कति ?

    आर्थीकसंसार संवाददाता११ भदौ, २०८३
    २१८ पटक
    ११ भदौ, २०८३

    काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) रहेका छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्