News Portal

  • मुक्तिनाथ विकास बैंकका दुई कर्मचारी सम्पर्कविहीन

    आर्थीकसंसार संवाददाता११ भदौ, २०८३
    ४८ पटक
    ११ भदौ, २०८३

    काठमाडौं । गोसाइँकुण्ड तीर्थयात्राका क्रममा मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई कर्मचारी सम्पर्कविहीन भएका छन् ।

    बैंकका अनुसार भदौ १० गते बिहान करिब ९ः१५ बजे नुवाकोटको बेत्रावतीबाट गोसाइँकुण्डतर्फ जाने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् ।

    सम्पर्कविहीन हुनेमा बैंकको नयाँ बानेश्वर शाखामा कार्यरत बिजेता अवाले र माछापोखरी शाखामा कार्यरत सुन्दरी श्रेष्ठ रहेकी छिन् ।

    बैंकले उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भए नजिकको मुक्तिनाथ विकास बैंकको शाखा वा बैंकमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्