News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह– बाढीबाट क्षति पुगेको सम्पत्तिको बीमा दाबी गर्नूहोस्

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ४३ पटक
    १० भदौ, २०८३

    काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले त्रिशूली नदीमा आएको भीषण बाढीबाट क्षति पुगेका आफ्ना सम्पूर्ण बीमितलाई तत्काल कम्पनीलाई जानकारी गराउन आग्रह गरेको छ ।

    कम्पनीले बीमा गरिएका भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा बाढीबाट क्षति पुगेको भए सम्बन्धित बीमितले तत्काल कम्पनीमा सम्पर्क गरी बीमा दाबी भुक्तानी प्रक्रियामा सहजीकरण गर्न अनुरोध गरेको हो ।

    कम्पनीले  बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनमा क्षति पुगेका सम्पूर्ण बीमितलाई आफ्नो क्षतिको विवरण कम्पनीमा उपलब्ध गराउन आग्रह गरेको छ । साथै बीमाबाट रक्षावरण भएको सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।

    कम्पनीले दाबीसम्बन्धी आवश्यक प्रक्रियाका लागि सम्बन्धित सबैलाई सम्पर्कमा आउन आग्रह गरेको  छ ।
    कम्पनीमा बीमासेवा लिएका ग्राहकले आफ्नो क्षतिको जानकारी कम्पनीले उपलब्ध गराएका सम्पर्क नम्बर तथा इमेलमार्फत गराउन सक्नेछन् ।  क्षतिको विवरण तथा आवश्यक जानकारीका लागि सुबोध कर्माचार्य, अमिता

    त्रिपाठी, आदर्श श्रेष्ठसँग सम्पर्क गरी क्षतिको विवरण जानकारी गराउन सकिने कम्पनीले जनाएको छ ।
    कम्पनीले कठिन परिस्थितिमा ग्राहक तथा सरोकारवालाहरूलाई सुरक्षामा उच्च प्राथमिकता दिन भनिएको छ ।

    प्रतिकृया दिनुहोस्