News Portal

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना सम्पर्क विहीन

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ४४ पटक
    १० भदौ, २०८३

    काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे र स्याफ्रुबेसी शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले शाखा कार्यालय नै बगाएपछि त्यहाँ केही पनि बाँकी नरहेको बैंकले जनाएको छ ।

    बैंकका अनुसार टिमुरे शाखामा कार्यरत एक जना कर्मचारी र स्याफ्रुबेसी शाखाका पाँच जना कर्मचारी सम्पर्कविहीन छन् । टिमुरे शाखाका दुई जना कर्मचारी भने सम्पर्कमा आएका छन् ।

    स्याफ्रुबेसीमा तीन जना नियमित कर्मचारीसहित बाह्य स्रोतबाट कार्यरत सुरक्षागार्ड र सहयोगी तथा सहयोगीका एक जना बच्चासमेत सम्पर्कविहीन रहेको जानकारी आएको बैंकले जनाएको छ । यद्यपि, उनीहरूको अवस्थाबारे औपचारिक पुष्टि हुन बाँकी रहेको बैंकले स्पष्ट पारेको छ ।

    सम्पर्कविहीन कर्मचारीहरू सुरक्षित स्थानमा पुगेका भए भोलिसम्म सम्पर्कमा आउने अपेक्षा बैंकले गरेको छ । बैंकले सम्पर्क विहीन कर्मचारीको खोजीका लागि हेलिकप्टरसमेत पठाएको थियो । हेलिकप्टरबाट दुई पटक प्रयास गरिए पनि सम्पर्क स्थापित हुन नसकेको बैंकले जनाएको छ ।

    बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्