News Portal

  • बाढीका प्रभावितहरूको उद्धार पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ३६ पटक
    १० भदौ, २०८३

    काठमाडौँ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् । एयरपोर्टमा बसेर खोज तथा उद्धारको नेतृत्व गरिरहेका मन्त्री गुरुङले भने– ‘हाम्रो पहिलो प्राथमिकता रेस्क्यु हुन्छ ।’

    रात परेपछि उद्धार असम्भव हुने हुनाले उद्धारमा सुरक्षा फौजलाई केन्द्रित गरिएको मन्त्री गुरुङले बताए । रसुवाको टिमुरे, स्याफ्रु, रसुवागढी र नुवाकोटका स्थानीयलाई थप जोखिम हुनसक्ने भन्दै हाइ अलर्टमा राखेर सुरक्षाकर्मीहरूले उद्धारको काम गरिरहेको गुरुङले बताए । उद्धारको काम पुरा भएपछि राहत र अस्थायी बास स्थानको व्यवस्थापन गरिने मन्त्री गुरुङको भनाइ छ । ग्लेसियर फुटेर बाढी आएको उनले बताए ।

    सबै हेलिकप्टर उद्धारमा प्रयोग गरिएको र निजी प्रयोजनका लागि हेलिकप्टर उडान नपाइने उनले जानकारी दिए । उद्धार आवश्यक रहेको ठाउँमा आगो बालेर सिग्नल दिन मन्त्री गुरुङले आग्रह गरेका छन् । उनले समन्वय गरेर तीव्र परिचालन हुन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।

    प्रतिकृया दिनुहोस्