News Portal

  • बाहिरिए राष्ट्रिय बीमा कम्पनीका सीईओ श्रेष्ठ, निमित्तको जिम्मेवारी कोइरालालाई

    आर्थीकसंसार संवाददाता८ भदौ, २०८३
    ५१ पटक
    ८ भदौ, २०८३

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको गत साउन ३१ गते बसेको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव कविता लामाले जानकारी दिइन् ।

    वि.सं. २०८१ वैशाखमा कम्पनीको सीईओ नियुक्त भएका श्रेष्ठ २७ महिनापछि पदबाट बाहिरिएका हुन् । उनीअघि कम्पनीको सीईओ रहेका शेखर बरालले पनि १५ महिना नपुग्दै राजीनामा दिएका थिए ।

    कम्पनी सचिव लामाका अनुसार श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

    प्रतिकृया दिनुहोस्