आर्थीकसंसार संवाददाता३ भदौ, २०८३

३ भदौ, २०८३काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले अल्फा केयर डायग्नोस्टिक सेन्टर र मञ्जुश्री फाइनान्स लिमिटेड बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतासँगै दुवै संस्थाले स्वास्थ्य सेवासम्बन्धी प्रभावकारी तथा अर्थपूर्ण समाधानहरू विकास गर्दै सर्वसाधारणका लागि गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएका छन्।
आगामी दिनमा संयुक्त पहलमार्फत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम तथा समाधानहरू अघि बढाउने लक्ष्य राखिएको छ। यस सहकार्यबारे दुवै संस्थाले “स्वस्थ र उज्ज्वल भविष्य निर्माणका लागि सँगसँगै अघि बढ्ने” प्रतिबद्धता व्यक्त गरेका छन्।