News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १०.७१% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

    आर्थीकसंसार संवाददाता३० साउन, २०८३
    २१ पटक
    ३० साउन, २०८३

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीका नाफा र कुल बीमाशुल्क आर्जन घटेको छ ।

    २ अर्ब ६२ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २४ करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३४ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३३ करोड ७५ लाख रुपैयाँ रहेको छ।

    अघिल्लो वर्ष विशेष जगेडामा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४६ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ७६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब माथि कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४ दशमलव ९१ प्रतिशतले घटेको हो ।

    समीक्षा वर्षमा कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि १० दशमलव ७१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थिया

    समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ४२ करोड १६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस सीमक्षा अवधिमा पुनर्बीमा मार्फत कम रकम खर्चिएको हो ।

    यस समीक्षा अवधिमा कम्पनीले ३१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ९४ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्