

२८ साउन, २०८३काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल) को गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.४५ प्रतिशत बढेर ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३१ करोड ५८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ६.६५ प्रतिशत बढेर २१ अर्ब १४ करोड ५४ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १९ अर्ब ८२ करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
गत वर्ष कम्पनीले ३३ अर्ब ४६ करोड ४६ करोड ९९ लाख १० हजार रुपैयाँ कुल आम्दानी गरेर ३० अर्ब ६८ करोड ७५ लाख ६५ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३२ अर्ब ३३ करोड १२ लाख ३९ हजार रुपैयाँ कुल आम्दानी गरेर २९ अर्ब ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।
५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ७७ करोड ३५ लाख ५४ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष गत वर्ष बढेर १ खर्ब ४६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७.३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.८७ रुपैयाँ रहेको छ ।