News Portal

  • पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह

    आर्थीकसंसार संवाददाता२४ साउन, २०८३
    ५३ पटक
    २४ साउन, २०८३

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

    बैंकले विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले लाभांश नलिएको भन्दै लिन बाँकी रहेका शेयरधनीलाई बुझिलिन आग्रह गरेको हो ।

    सम्बन्धीथ शेयरधनीहरुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आह्वान गरेको हो । अन्यथा लिन बाँकी नगद लाभांश प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्