News Portal

  • रिलायबल नेपाल लाइफको करिब पौने ४ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

    आर्थीकसंसार संवाददाता२६ असार, २०८३
    १३३ पटक
    २६ असार, २०८३

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको करिब पौने ४ करोड कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो साउन ३० गतेबाट ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता शेयरको लकइन अवधि सकिने जानकारी गराएको हो। जसमा संस्थापकको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता र कम्पनीका कर्मचारीको ७ लाख ७९ हजार ५२० कित्ता रहेको छ। यो बोनस शेयरसहितको हो।

    कुनै पनि कम्पनीको सर्वसाधारणलाई जारी आइपीओको बाँडफाँट मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम लकइन अवधि सकिन लागेको हो।

    यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्