News Portal

  • हिमालयन लाइफका ४ सञ्चालकको राजीनामा एकैपटक स्वीकृत, दुई सञ्चालक नियुक्त गर्ने निर्णय

    आर्थीकसंसार संवाददाता२२ असार, २०८३
    १४ पटक
    २२ असार, २०८३

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका ४ सञ्चालकको राजीनामा एकैपटक स्वीकृत भएको छ।

    कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकहरु सौरभ दुगड, प्रमिला केसी, सचिन आचार्य र आशीष ढकालको राजीनामा एकैपटक स्वीकृत गरेको हो। दुगड संस्थापक समूहबाट र बाँकी ३ जना सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए।

    यसैबीच सञ्चालक समितिको सोही बैठकले कम्पनीको सञ्चालकमा प्रकाशमुनि बज्राचार्य र सुरक्षा काफ्ले नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीमा संस्थापक समूहबाट बज्राचार्य र सर्वसाधारण समूहबाट काफ्लेलाई नियुक्ति गर्ने निर्णय भएको हो।

    दुवैको नियुक्तिको अनुमोदनका लागि कम्पनीको आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ।

    प्रतिकृया दिनुहोस्