News Portal

  • कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु,समानुपातिक सांसदको नाम टुंग्याउँदै

    आर्थीकसंसार संवाददाता१ चैत, २०८२
    ११ पटक
    १ चैत, २०८२

    काठमाडा‌ैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको बैठकमा सभापति गगनकुमार थापासहित पदाधिकारी तथा कार्यसम्पादन समिति सदस्यहरू सहभागी रहेका छन् ।

    फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको यो पहिलो औपचारिक बैठक हो ।

    बैठकमा निर्वाचनपछिको राजनीतिक अवस्था, संसदीय रणनीति तथा समानुपातिकतर्फका सांसद चयनबारे छलफल भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्